के के गर्नु शुभ हुन्छ?
आज बुधबार : श्रीकृष्ण र बुध ग्रहको पूजा गरे जीवनभरि समृद्धि आउने विश्वास
Chiranjivi Bhandari
काठमाडौं – आज २०८२ साल साउन १४ गते, बुधबार। साउन शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई ३० तारिख। हिन्दू धर्मशास्त्रअनुसार हप्ताका सातै दिन विशिष्ट देवी-देवतासँग सम्बन्धित छन्। बुधबारलाई ‘बुध ग्रह’ तथा भगवान श्रीकृष्णसँग जोडिएको दिन मानिन्छ। यो दिन भगवान विठ्ठल (कृष्णको एक अवतार) को पूजा विशेष शुभ मानिन्छ। तुलसीको पात अर्पण गरेर पूजा गरे इच्छित फल प्राप्त हुने जनविश्वास रहेको छ। किन गरिन्छ बुधबारको पूजा? बुध ग्रह बुद्धि, बोली, व्यापार र सञ्चारसँग सम्बन्धित ग्रह हो। यसको प्रभाव व्यक्तिको विवेक, व्यवहार र व्यवसायमा पर्दछ। यसैले बुधबारको दिनलाई बुद्धि, भाग्य






