खुकुरी प्रहारपछि भाइ पक्राउ
भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको हत्या
Chiranjivi Bhandari
सिरहा — घरेलु विवादले एकजना व्यक्तिको ज्यान लिएको छ। भाइ र बुहारीबीचको झगडा मिलाउन गएका दाइको आफ्नै भाइको हातबाट खुकुरी प्रहार गरी हत्या गरिएको घटना सिरहा जिल्लाको गोलबजारमा भएको हो। सिरहा गोलबजार नगरपालिका–३ निवासी ३५ वर्षीय मोतीराम सदा, आफ्ना भाइ र बुहारीबीचको झगडा मिलाउने प्रयासमा गएका थिए। तर, स्थिति नियन्त्रणभन्दा बाहिरिँदै गएपछि २५ वर्षीय भाइ श्याम सदाले दाइ मोतीराममाथि खुकुरी प्रहार गरेका थिए। घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्। उनका अनुसार बिहीबार राति करिब ९ बजे घरायसी विवाद चर्किदै जाँदा यस्तो दुखद घटना घटेको





