खोजी जारी
लमजुङमा किंग कोब्रा गाडीमै हरायो! उद्धारकर्तामै त्रास, खोजी जारी
Chiranjivi Bhandari
लमजुङ — लमजुङमा उद्धार गरिएको किंग कोब्रा सर्प गाडीमै रहस्यमय ढंगले हराएको छ। सुरक्षित स्थानमा छोड्नका लागि लैजाँदै गर्दा सर्प अचानक गाडीबाटै बेपत्ता भएपछि गाडीभित्रै रहेका उद्धार टोली त्रासमा परेका छन्। प्राकृतिक स्रोत तथा वन कार्यालयको सहयोगमा स्थानीयले उक्त विषालु किंग कोब्रा सर्पलाई नियन्त्रणमा लिई जंगलतर्फ लैजाँदै थिए। तर बाटोमा सर्पको गतिविधि देखिएपछि गाडी रोकेर हेर्दा सर्प गाडीबाटै गायब भएको पाइएको हो। घटनापछि गाडीमा सवार सबै जना आत्तिएर गाडी रोकेर सर्पको खोजी थालेका छन् तर हालसम्म पत्ता लाग्न सकेको छैन। वन अधिकृतहरूले गम्भीर रूपमा अनुसन्धान थालेका छन् र सर्प अझै





