गोसाइँकुण्ड तीर्थयात्रा बन्यो शोक–मोरङका दुई युवा डुबेर ज्यान गुमाए
गोसाइँकुण्ड तीर्थयात्रा बन्यो शोक–मोरङका दुई युवा डुबेर ज्यान गुमाए, शव आज बिहान सेनाले निकाल्यो
Chiranjivi Bhandari
रसुवा — गोसाइँकुण्डको पवित्र तीर्थ यात्रा एक दुःखद घटनामा परिणत भएको छ। मोरङका दुई युवाले धार्मिक आस्थाले भरिएको तीर्थयात्रामा सहभागिता जनाएका थिए, तर त्यो यात्रा अब कहिल्यै पूरा हुन सकेन। साउन ११ गते दिउँसो करिब ४ बजे तीर्थस्नान गर्ने क्रममा उनीहरू गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका थिए। ज्यान गुमाउनेमा मोरङ बेलबारीका मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल रहेका छन्। उनीहरू साउन महिनाको पवित्र सोमबारको अवसर पारेर गोसाइँकुण्ड स्नान गर्न गएका थिए। घटनापछि तत्कालै नेपाली सेनाको गोताखोर तथा उद्धार टोली खटिएको थियो। कष्टसाध्य प्रयासपछि आज बिहान १० बजे दुबै जनाको शव निकालिएको






