छानबिन माग गर्दै सांसद विना लामाको आक्रोश
भिजिट भिसाको आवरणमा सरकारकै संलग्नतामा हुने असुलीको आरोप, छानबिन माग गर्दै सांसद विना लामाको आक्रोश
Chiranjivi Bhandari
काठमाडौं, श्रावण २७ — राप्रपा सांसद विना लामाले भिजिट भिसा प्रकरणमा सरकार र संसद्ले तथ्य मोड्ने प्रयास गरेको आरोप लगाएकी छिन्। मंगलबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले “सरकार काग कराउँदै छ, पिना सुक्दै छ” भन्दै आलोचना गरिन्। सांसद लामाले भिजिट भिसाको आवरणमा गृह मन्त्रालयका उच्च पदाधिकारीको संलग्नतामा संगठित असुली हुने काम भएको र मन्त्रालयले यसलाई कुनै न कुनै रूपमा संरक्षण गरेको प्रमाणहरू सार्वजनिक भइसकेको दाबी गरिन्। यस्ता गम्भीर आरोपको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने मागमा सदनले कुनै पहल नगरेकोप्रति उनले खेद व्यक्त गरिन्। “हामीले भिजिट भिसाको विरोध





