तीन पक्राउ – थप संलग्नको खोजी जारी
भक्तपुर गाईजात्रामा झडपको भिडिओ भाइरल, तीन पक्राउ – थप संलग्नको खोजी जारी
Chiranjivi Bhandari
भक्तपुरको ऐतिहासिक गाईजात्रा पर्वमा भएको झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्काल कारबाही गर्दै तीन जनालाई पक्राउ गरेको छ। आइतबार राति न्यातापोल मन्दिर अगाडिको भीडमा युवाहरूबीच लाठी, मुक्का र लात्ती प्रहारसम्म भएको दृश्य कैद भएको भिडियो सार्वजनिक भएपछि प्रहरीको ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। “घटनामा संलग्नहरूलाई पहिचान गर्दै कारबाही भइरहेको छ। अहिले तीन जना नियन्त्रणमा छन् र अन्य व्यक्तिहरूको खोजी जारी छ,” डिएसपी न्यौपानेले भने। हालसम्म झडपको कारण खुल्न बाँकी छ। तर भिडिओमा देखिएअनुसार केही व्यक्तिहरू घाइते भएको र घटनाको विस्तृत अनुसन्धान सुरु





