थर र जन्मदर्ता विवरण सजिलै सुधार गर्न सकिने
अब एकपटकका लागि नाम, थर र जन्मदर्ता विवरण सजिलै सुधार गर्न सकिने
Chiranjivi Bhandari
काठमाडौँ – अब नेपाली नागरिकहरूले एकपटकका लागि आफ्ना नाम, थर, उमेर र जन्मदर्ता सम्बन्धी व्यक्तिगत विवरण कानुनी रूपमा सच्याउन सक्ने भएका छन्। राज्यले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ मा संशोधन गर्दै यस्तो महत्त्वपूर्ण व्यवस्था लागू गरेको हो। नयाँ संशोधन अनुसार, नागरिकले कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा त्रुटि भएमा एकपटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिएर विवरण सच्याउन सक्नेछन्। गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार गरेपछि उक्त प्रक्रिया विधिवत रूपमा कार्यान्वयनमा आउनेछ। यसअघि ऐनमा २०७६ सालपछि जन्मिएका बालबालिकाको हकमा मात्रै एक वर्षभित्र जन्मदर्ता सच्याउन सकिने व्यवस्था थियो। तर, त्यो व्यवस्थाले






