धन
यी ४ दिन जन्मिने व्यक्ति भाग्यशाली मात्र होइन, धन, प्रसिद्धि र सम्मानका राजा हुन्छन् !
Chiranjivi Bhandari
काठमाडौं – के तपाईं आफ्नो जन्म बारका आधारमा भाग्य, धन र सफलताको संकेत जान्न चाहनुहुन्छ ? हिन्दू ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको जन्मबारले उसको व्यक्तित्व, करियर, धन प्राप्ति, सम्बन्ध र सम्पूर्ण जीवनको दिशा निर्धारण गर्छ। हप्ताका सातवटै बार कुनै न कुनै ग्रहसँग सम्बन्धित हुने भएकाले, जन्म दिने दिनको ग्रहले जीवनभरि सकारात्मक वा नकारात्मक प्रभाव पार्ने मान्यता छ। विशेषतः चार बार – आइतबार, सोमबार, बिहीबार र शुक्रबार – मा जन्मिने व्यक्तिहरूलाई सबैभन्दा भाग्यशाली मानिन्छ। यी दिन जन्मिनेहरूलाई धन, प्रतिष्ठा, भाग्य, सौन्दर्य र सम्मानको भरपूर आशीर्वाद मिल्ने शास्त्रीय व्याख्या पाइन्छ। अब हेरौं






