नेपाली पासपोर्ट विश्वकै कमजोरमध्ये एक
नेपाली पासपोर्ट विश्वकै कमजोरमध्ये एक, कारण: भागबन्डा र भ्रष्टाचार?
Chiranjivi Bhandari
एक समय “१० वर्षमा सिंगापुर बनाउँछौं” भनेर सपना देखाइएको नेपाल आज पासपोर्टको मामिलामा विश्वकै पुछारमा पुगेको छ। अन्तर्राष्ट्रिय पासपोर्ट र्याङ्किङ अनुसार, नेपाली नागरिकले अहिले जम्मा ३८ देशमा मात्र बिना भिसा यात्रा गर्न पाउने सुविधा पाउँछन् – जुन संख्या विश्वकै न्यूनतममध्ये पर्छ। यो स्थितिको मूल कारण के हो? विश्लेषकहरू भन्छन् — सरकारी भागबन्डा, असक्षम प्रणाली र गहिरो गरीबी मात्रै होइन, यो पासपोर्ट व्यवस्थापनमा भएको पुरानै राजनीतिक साँठगाँठ र भ्रष्टाचारको फल हो। कांग्रेस र एमाले सरकार रहँदा पासपोर्ट छपाइको टेन्डरलाई बारम्बार टुक्र्याएर मनपरी ढंगले भाग लगाइयो। सस्तो मूल्यमा, कम गुणस्तरीय सेवा दिने






