पीपल पूजाको धार्मिक रहस्य: किन गरिन्छ पीपलको पूजा? घरमै उम्रनु किन मानिन्छ अशुभ?
पीपल पूजाको धार्मिक रहस्य: किन गरिन्छ पीपलको पूजा ? घरमै उम्रनु किन मानिन्छ अशुभ ?
Chiranjivi Bhandari
काठमाडौँ — हिन्दू धर्मशास्त्रमा पीपलको वृक्षलाई अत्यन्तै पवित्र मानिन्छ। यसको पूजाआजा गर्नाले पुण्य लाभ मिल्ने जनविश्वास छ। तर घरमा पीपल उम्रिनु भने अशुभको संकेत मानिन्छ। आखिर किन यस्तो मानिन्छ? यहाँ पढ्नुहोस् धार्मिक मान्यता र वैज्ञानिक पक्ष: घरमा पीपल उम्रिनु अशुभ किन? पीपलको जराहरू अत्यन्त बलिया र फैलिने स्वभावका हुन्छन्। त्यसले घरको भौतिक संरचनालाई क्षति पुर्याउने डर रहन्छ। साथै पीपलको गहिरो छायाँले घर वरिपरि निर्जनता र शिथिल ऊर्जा पैदा गर्न सक्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। धार्मिक मान्यता अनुसार: पीपलको छायाँ घरमा पर्ने हो भने ऋण, अशान्ति र वैवाहिक समस्या आउने






