प्रहरीले सीसीटीभी जाँचसहित अनुसन्धान तीव्र पार्यो”
रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव
Chiranjivi Bhandari
रौतहटको गौरमा एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। गौर नगरपालिका–९, मुडवलवा गेट नजिकै शनिबार राति सडक किनारमा डोरीले बाँधिएको अवस्थामा सुटकेस भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो। शवलाई कोचेर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकको पहिचान अहिलेसम्म खुलेको छैन। प्रहरी टोलीले मुचुल्का गरी शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ भने नजिकै रहेको विद्यालयको सीसीटीभी फुटेज जाँच गर्दै अनुसन्धान अगाडि बढाएको छ। रौतहटमा यो साताभित्र मात्र तीन जना मृत फेला परिसकेका छन्।






