बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना, तराई–मधेशमा हावाहुरीको जोखिम
Chiranjivi Bhandari
१० साउन २०८२, शनिबार – देशभर हाल कमजोर अवस्थामा रहेको मनसुनी प्रणालीका कारण आज शनिबार बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, कोशी र मधेश प्रदेशका तराई भू–भागहरूमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले हाल देशका अधिकांश पहाडी भू–भागहरूमा बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई-मधेशमा हावाहुरीको जोखिम कोशी र मधेश प्रदेशका केही





