बुधबार
आजको राशिफल — २०८२ साउन १४ गते, बुधबार
Chiranjivi Bhandari
काठमाडौं — आज २०८२ साल साउन १४ गते बुधबार, शुक्ल पक्षको षष्ठी तिथि। आजको दिनको चन्द्र राशिअनुसार दैनिक राशिफल हेरेर दिनको सुरुवात गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास रहिआएको छ। खबरहबका लागि ज्योतिषाचार्य सूर्यनाथ लुइटेलद्वारा तयार गरिएको आजको फलादेश यस्तो छ: मेष (ARIES) दिन सकारात्मक देखिन्छ। आफन्तको साथ–सहयोग पाउनुहुनेछ। स्वास्थ्यमा अलिकति ढिलासुस्ती देखिए पनि व्यापारमा राम्रो फाइदा हुने संकेत छ। राजनीतिमा समेत सुधारको संकेत देखिनेछ। वृष (TAURUS) शिक्षामा आजको योजना दीर्घकालीन रुपमा सफल हुनेछ। सम्पत्तिको मामिलामा भने सतर्क रहनुहोस्। कारोबार गर्दा कसैको साथ लिनु राम्रो हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।






