बुधवार (१३ अगस्ट २०२५)
आजको राशिफल – २०८२ साउन २८ गते, बुधवार
Chiranjivi Bhandari
भाद्र कृष्णपक्ष चतुर्थी, उत्तरभाद्रपदा नक्षत्र, चन्द्रराशि मीन फलित ज्योतिषाचार्य: उपप्रा. लक्ष्मीप्रसाद बराल मेष (Aries) – खर्चको जोहो गर्न आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सावधान रहनुहोस्। रोकिएका काम चुनौती पन्छाउँदै पूरा गर्न सकिनेछ। वृष (Taurus) – नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्ने समय। राम्रो कर्मफल र पद प्रतिष्ठा प्राप्त हुने सम्भावना। व्यापार–व्यवसायमा लाभ। मिथुन (Gemini) – पुराना कमजोरी बाहिर आउन सक्छन्। बाध्यताले अलमल्याउन सक्छ तर लगनशील प्रयासले फाइदा दिलाउनेछ। विवादास्पद जिम्मेवारी पनि पुरा गर्नुपर्नेछ। कर्कट (Cancer) – तारिफयोग्य कामबाट प्रतिष्ठा आर्जन। टाढिएका साथीभाइ नजिकिनेछन्। भाग्यले नयाँ अवसर






