भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना
भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
Chiranjivi Bhandari
काठमाडौं । आज भाद्र शुक्ल चतुर्थीको पावन अवसरमा देशभर भगवान गणेशको पूजा–आराधना गरी गणेश चतुर्थी पर्व धूमधामका साथ मनाइँदै छ। शास्त्रीय मान्यताअनुसार सत्ययुगकै यिनै तिथिमा भगवान शिव–पार्वतीका पुत्र गणेशको जन्म भएको विश्वास रहिआएको छ। यस अवसरमा काठमाडौं उपत्यकाका चार विनायक (अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक) लगायत कमलादी गणेश तथा देशभरका गणेश मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। भक्तहरूले विघ्नहर्ता गणेशलाई अक्षता, फलफूल, मिष्ठान्न चढाएर जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, चतुर्थी तिथिमा गणेश व्रत गर्नाले जीवनमा आउने





