भारतमा पहिलोपटक पत्ता लाग्यो नयाँ दुर्लभ रक्त समूह ‘सी.आर.आई.बी.’ — सामान्य रगतले ज्यानै जोखिममा पर्छ!
भारतमा पहिलोपटक पत्ता लाग्यो नयाँ दुर्लभ रक्त समूह ‘सी.आर.आई.बी.’ — सामान्य रगतले ज्यानै जोखिममा पर्छ
Chiranjivi Bhandari
बेंगलुरुकी ३८ वर्षीया महिलामा यति दुर्लभ रक्त समूह पत्ता लाग्यो कि ११ महिनासम्म वैज्ञानिकहरू चकित परे। अन्ततः बेलायत पठाइएको नमुनाबाट पुष्टि भएपछि ISBT ले यसलाई औपचारिक नाम दियो — ‘CRIB’। के हो ‘सी.आर.आई.बी.’? ‘सी’ ले Cromer, ‘I’ ले India र ‘B’ ले Bengaluru जनाउँछ। यो रक्त समूह ‘क्रोमर’ प्रणालीअन्तर्गतको २१औं नयाँ एन्टिजेन हो, जुन अहिले सम्मकै अत्यन्त दुर्लभ रक्त समूहहरू मध्ये एक मानिन्छ। कसरी पत्ता लाग्यो? बेंगलुरुकी ती महिलाको मुटुको शल्यक्रिया हुनुपर्दा सामान्य रगतसँग प्रतिक्रिया देखिएको थियो। ११ महिनासम्म विभिन्न परीक्षणपछि उनको रगतमा पहिले कहिल्यै नदेखिएको एन्टिजेन फेला पर्यो। किन






