मनोशान्ति र ऐश्वर्य प्राप्तिको अनुपम अवसर
साउन महिनाको सोमबारः शिवको आराधनाबाट मोक्षको बाटो, मनोशान्ति र ऐश्वर्य प्राप्तिको अनुपम अवसर
Chiranjivi Bhandari
साउन महिना प्रारम्भ हुनासाथ हिन्दू धर्मावलम्बीहरूमा विशेष भक्तिभाव जागृत हुन्छ । विशेषगरी सोमबार, जसलाई भगवान् शिवको प्रिय बार मानिन्छ, त्यस दिनको महत्व अझ विशेष रहन्छ । हरियालीले ढपक्क ढाकिएको प्राकृतिक परिवेश, वर्षाका रिमझिम संगै आउने धार्मिक आस्थाले यो महिनालाई आध्यात्मिक उर्जाले भरिएको बनाउँछ । शिव महापुराण अनुसार, साउनको सोमबार विधिपूर्वक व्रत बस्न, शिवको जलाभिषेक, रुद्राभिषेक, मन्त्रजप तथा उपासना गर्नाले भगवान् शिव प्रसन्न भई भक्तजनलाई इच्छित वरदान प्रदान गर्ने विश्वास गरिन्छ । साउन मासलाई ‘शिव महिना’ भनिनुका कारण यही हो — सम्पूर्ण महिनाभर शिवको आराधना, पूजन, व्रत, ध्यान र ध्यानमार्फत मोक्षको मार्ग प्रशस्त हुने मानिन्छ ।






