मृतक बालबालिकाको संख्या ८० पुग्यो! 💔
गाजामा कुपोषण र भोकमरीले लियो २१ नानीहरूको ज्यान, मृतक बालबालिकाको संख्या ८० पुग्यो!
Chiranjivi Bhandari
गाजा, जुलाई २२ – गाजामा पछिल्लो ७२ घण्टामा मात्र कुपोषण र भोकमरीका कारण २१ बालबालिकाको ज्यान गएको गाजाको शिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सल्मियाले पुष्टि गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले भने, “गाजामा करिब ९ लाख बालबालिका भोकमरीको चपेटामा छन्, तीमध्ये झन्डै ७० हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्।” गाजाका स्वास्थ्यकर्मीहरूले हाल देखिएको मृत्युको दरलाई “डरलाग्दो स्तर” मा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। मधुमेह, मिर्गौला र दीर्घ रोगबाट पीडितहरू अझै बढी जोखिममा रहेको जानकारी दिइएको छ। त्यस्तै, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा १२ बालबालिकासहित ३३






