मेरो नाम भजाएर गलत काम गर्नेहरूलाई झपारेर पठाउनुस्: प्रधानमन्त्री ओलीको’”
“मेरो कमजोरी पनि खुलेर भन्नुस्, मेरो नाम भजाएर गलत काम गर्नेहरूलाई झपारेर पठाउनुस्: प्रधानमन्त्री ओलीको’”
Chiranjivi Bhandari
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुशासनलाई महाअभियानको रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त्य गर्दै जनतालाई सहज र पारदर्शी सेवा प्रवाह गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे। मुख्यसचिव, प्रधानसेनापति, सबै सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा प्रधानमन्त्री ओलीले नागरिकको सेवा प्राप्ति अधिकार सुनिश्चित गर्न राज्यका सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिए। भ्रष्ट आचरणमा संलग्न व्यक्ति पदमा रहे पनि जनताको सम्मान नपाउने चेतावनी दिंदै उनले छानबिन






