मेलम्चीमा दुई दिने शिक्षक क्षमता विकास तालिम सम्पन्न
मेलम्चीमा दुई दिने शिक्षक क्षमता विकास तालिम सम्पन्न
Chiranjivi Bhandari
मेलम्ची, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको समन्वय, चाइल्ड रेस्क्यु नेपाल र साझेदारी नेपालको सहयोगमा दुई दिने शिक्षक क्षमता विकास तालिम सम्पन्न भएको छ। तालिमको उद्घाटन प्रमुख अतिथि एवम् नगर प्रमुख श्री आइतमान तामाङज्यूले गर्नु भयो। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख तामाङज्यूले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षक पेशाप्रति इमानदारी र समर्पण अनिवार्य हुनेमा जोड दिनुभयो। साथै, तालिममा सिकिएका विषयलाई व्यवहारमा लागू गर्न शिक्षकलाई आग्रह पनि गर्नुभयो। साझेदारी नेपालका अध्यक्ष मानबहादुर भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा शाखा मेलम्चीका श्रोत विज्ञ श्री योगबहादुर थापाले तालिमले एकीकृत पाठ्यक्रम कार्यान्वयन र मूल्यांकन प्रक्रियालाई अझ प्रभावकारी बनाउन





