मेलम्चीमा विद्युतीय भ्यान सेवा सुरु
मेलम्चीमा विद्युतीय भ्यान सेवा सुरु, वातावरणमैत्री यात्रातर्फ महत्वपूर्ण कदम
Chiranjivi Bhandari
मेलम्ची । श्री जय पाल्चोकी यातायात प्रा.लिले मेलम्चीमा विद्युतीय भ्यान (इभी भ्यान) सेवा औपचारिक रूपमा सुरु गरेको छ। वातावरणमैत्री, आधुनिक र कम खर्चिलो यो सेवाको उद्घाटन मेलम्ची नगरपालिकाका नगरप्रमुख श्री आइतमान तामाङज्यूले विशेष समारोहका बीच गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि तामाङज्यूले सेवाको सफल सञ्चालनका लागि गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै, “नाफासँगै सेवामूलक दृष्टिकोणलाई आत्मसात् गर्न जरुरी छ,” भन्नुभयो। उहाँले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। सो अवसरमा उपप्रमुख उमा प्रधान, समाजसेवी बालकृष्ण देउजा र वडा नं. ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले इभी सवारीसाधनले इन्धन खपत घटाउने, जलविद्युतको





