युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीको घोषणाः “स्वदेशमै रोजगारी सिर्जना सरकारको प्राथमिकता हो”
Chiranjivi Bhandari
काठमाडौं, साउन ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नु सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन्। उनले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरिने नीतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। २०८२–२०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै, प्रधानमन्त्री ओलीले सरकारले २०८२ देखि २०९२ सम्मको दशकलाई “आन्तरिक रोजगार प्रवर्द्धन दशक” को रूपमा घोषणा गरेको जानकारी दिए। उनका अनुसार, कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारी र निजी लगानी वृद्धि भएसँगै






