रवि लामिछानेलाई थुन्नुको परिणाम ठूला दलले छिट्टै भोग्नेछः डा. स्वर्णिम वाग्ले
रवि लामिछानेलाई थुन्नुको परिणाम ठूला दलले छिट्टै भोग्नेछः डा. स्वर्णिम वाग्ले
Chiranjivi Bhandari
काठमाडौं, साउन ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ठूला दलहरूमाथि गम्भीर आरोप लगाउँदै, “रवि लामिछानेलाई थुन्नु वर्तमान सरकारको मूल एजेन्डा हो,” भन्ने दाबी गरेका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा वाग्लेले भने, “संविधान संशोधनको कुरा बहानामात्र हो। साँचो उद्देश्य भनेको मिलेमतो गरेर भ्रष्टाचारको फाइल जोगाउनु र रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा निशाना बनाउनु हो।” उनले थपे, “२८ लाखभन्दा धेरै नागरिकले रविको पक्षमा हस्ताक्षर गरिसकेका छन्। यो जनमतको स्पष्ट सन्देश हो। जनताको चेतना अब पुरानै ढंगले दमन गर्न सकिँदैन। ठूला दलहरूले यसको परिणाम चाँडै भोग्नेछन्।” डा.






