रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाइयो
रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाइयो, जाली राखियो
Chiranjivi Bhandari
भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनिएको काेठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखेको छ। कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाई सट्टामा जाली राखिएको जानकारी दिएको हो। ‘यस कारागारमा विगत चार महिनादेखि सहकारी ठगी संगठित अपराध मुद्दामा थुनुवाको रूपमा रहनुभएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहको (अलग्गै एउटा कोठामा ) राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ। उक्त कोठाको





