राष्ट्रिय योजना आयोगमा हरितालिका तीज विशेष — दरसँगै रचनात्मक कार्यक्रम
राष्ट्रिय योजना आयोगमा हरितालिका तीज विशेष — दरसँगै रचनात्मक कार्यक्रम
Chiranjivi Bhandari
काठमाडौँ, ५ भदौ । हरितालिका तीजको पूर्वसन्ध्यामा दर खाने परम्परालाई नयाँ रूप दिँदै राष्ट्रिय योजना आयोगले दर कार्यक्रमलाई रचनात्मक ढंगले मनाएको छ। महिला दिदीबहिनीहरूलाई दर खुवाउँदै आयोगले महिनावारी तथा रजनोवृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्यो। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले महिलाले महिनावारी हुँदाका साथै रजनोवृति पश्चात् भोग्ने समस्या र समाधानबारे प्रस्तुतीकरण दिएका थिए। कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी प्रमुख अतिथि रहनुभयो। उहाँले पर्वहरूलाई रचनात्मक ढंगले मनाउँदा सामाजिक–सांस्कृतिक संरक्षण मात्र नभई समाजमा सकारात्मक सन्देश फैलिने बताउनुभयो। साथै, महिला दिदीबहिनीहरूको सक्रियता र योगदानप्रति खुशी व्यक्त गर्नुभयो। कार्यक्रमको अध्यक्षता गर्दै आयोगकी सदस्य गीता






