रुसी विमान दुर्घटनामा सबै यात्रुको निधन
रुसी विमान दुर्घटनामा सबै यात्रुको निधन,
Chiranjivi Bhandari
मस्को / बेइजिङ — साउन ६, २०८१ चिनियाँ सीमाको नजिक बेपत्ता भएको एक रुसी विमान दुर्घटनामा परेको पुष्टि भएको छ। दुर्घटनाग्रस्त विमानमा सवार सबै ५० यात्रुको दु:खद निधन भएको अधिकारीहरूले जानकारी दिएका छन्। रुसी निजी विमान सेवा अन्तर्गतको सो विमान चिनियाँ सीमावर्ती दुर्गम क्षेत्रतर्फ गइरहेका बेला सम्पर्कविहीन भएको थियो। घटनापछि उद्धार टोली घटनास्थलमा पुगेको थियो र ध्वस्त अवस्थामा विमानको अवशेष फेला परेको पुष्टि गरिएको हो। रुसी उद्धार निकायले दुर्घटनामा कोही पनि जीवित नरहेको बताएको छ। प्रारम्भिक अनुमान अनुसार खराब मौसम वा प्राविधिक गडबडीले दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि





