लोड व्यवस्थापनको चुनौती हो – प्राधिकरण कार्यकारी शाक्य
लोडसेडिङ होइन, लोड व्यवस्थापनको चुनौती हो – प्राधिकरण कार्यकारी शाक्य
Chiranjivi Bhandari
१२ साउन, चितवन — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कतै पनि औपचारिक रूपमा लोडसेडिङ नभएको स्पष्ट पारेका छन्। चितवनमा पछिल्ला दिनहरूमा देखिएको विद्युत आपूर्ति अवरोधप्रति प्रतिक्रिया दिँदै उनले, “यो लोडसेडिङ होइन, लोड थाम्न नसकेर लाइन गएको हो,” भन्दै गलत बुझाइ फैलिएकोप्रति असन्तोष व्यक्त गरे। भरतपुरमा पत्रकारसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले मौसमीय कारण र पुरानो वितरण प्रणालीकै कमजोरीले चितवनसहितका केही ठाउँमा अस्थायी समस्या देखिएको बताए। “अहिलेको सञ्जालले गर्मीको कारण बढेको माग धान्न नसक्दा लाइन जाने समस्या देखिएको हो, यो लोडसेडिङ होइन,” उनले भने। उनका अनुसार देशमा मनसुन





