विपिन जोशीको रिहाइका लागि आमा–छोरीको आँसुयुक्त अपिल इजरायली राष्ट्रपति हर्जोगसँग भेटवार्ता
विपिन जोशीको रिहाइका लागि आमा–छोरीको आँसुयुक्त अपिल इजरायली राष्ट्रपति हर्जोगसँग भेटवार्ता
Chiranjivi Bhandari
१ भदौ, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले गत वर्ष इजरायलमा आक्रमणपछि नियन्त्रणमा लिएर बेपत्ता पारेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका लागि उनको परिवारले इजरायलमै भावुक अपिल गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको पहलमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आइतबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा आमा पद्माले छोराको शीघ्र र सुरक्षित रिहाइका लागि इजरायली सरकारलाई सक्दो पहल गर्न आग्रह गरिन् । भावुक मुद्रामा आमा पद्माले भनिन्, “मेरो छोरा निर्दोष छ, कृपया उसलाई तुरुन्त मुक्त गरिदिन सहयोग गर्नुहोस्।” त्यस्तै, बहिनी पुष्पाले पनि आफ्नो






