विवेकी र विजनेस माइन्ड भएका भाग्यमानीहरू
यस्तो हुन्छ बुधबार जन्मेका मानिसहरूको स्वभाव !
Chiranjivi Bhandari
काठमाडौं । जन्म कुन दिन भएको थियो भन्ने कुरा सधैंजसो हामी बिर्सन सक्छौं, तर ज्योतिषशास्त्रका अनुसार, हाम्रो जन्मदिनले हाम्रो स्वभाव, सोच्ने तरिका, व्यवहार र भाग्यमा गहिरो प्रभाव पार्ने विश्वास गरिन्छ। विशेषगरी सातै दिनहरूमध्ये बुधबार जन्म हुनेहरूलाई विशिष्ट मानिन्छ, किनभने बुधबार ग्रहाधिपति ‘बुध’ को प्रभावमा रहने दिन हो। ‘बुध’ ग्रहलाई बुद्धि, वाणी, व्यवहार र व्यापारसँग जोडिएको ग्रह मानिन्छ। यही कारण बुधबार जन्म हुनेहरूलाई बौद्धिक, मिलनसार र अत्यन्त व्यवहारिक व्यक्ति मानिन्छ। तिनीहरू आफूले सोच्ने, गर्ने र निर्णय लिने तरिकाले अरूको तुलनामा फरक र अगाडि रहन्छन्। बुधबार जन्मिएका व्यक्तिको विशेष स्वभाव शान्त र






