विश्वमै पहिलो: नर्वेमा गाडी हिँड्दा–हिँड्दै आफैं चार्ज हुने अत्याधुनिक सडक निर्माण सम्पन्न
विश्वमै पहिलो: नर्वेमा गाडी हिँड्दा–हिँड्दै आफैं चार्ज हुने अत्याधुनिक सडक निर्माण सम्पन्न
Chiranjivi Bhandari
ओस्लो (नर्वे) – प्रविधिको अद्भुत क्रान्ति गर्दै नर्वेले विश्वमै पहिलो पटक यस्तो अत्याधुनिक सडक निर्माण सम्पन्न गरेको छ, जसबाट गाडीहरू बाटोमा गुड्दै–गुड्दै आफैं चार्ज हुन सक्छन्। यो अत्याधुनिक ‘इलेक्ट्रिक चार्जिङ रोड’ प्रणालीले विद्युतचालित सवारी साधनलाई यात्रा बीचमै ऊर्जा पुनः भर्न सहयोग पुर्याउँछ। यसका कारण चालकहरूले चार्जिङ स्टेसनमा लामो समय रोकिरहनुपर्ने झन्झट अन्त्य हुने र लामो दूरीको यात्रा सहज हुने अपेक्षा गरिएको छ। विद्युतचुम्बकीय इन्डक्शन प्रविधिमा आधारित यो सडकलाई प्रारम्भमा राजधानी ओस्लो नजिकै परीक्षणका रूपमा सञ्चालन गरिएको छ। सफल परीक्षणपछि यसलाई देशभर विस्तार गर्ने तयारी भइरहेको बताइएको छ। नर्वेले यस परियोजनालाई






