वीरगञ्जका ३२ वटै वडामा चरम पानी संकट
वीरगञ्जका ३२ वटै वडामा चरम पानी संकट
Chiranjivi Bhandari
वीरगञ्ज, साउन ११ – वीरगञ्ज महानगरपालिकामा पानीको चरम अभाव भएपछि नेपाली सेना, स्थानीय सरकार र नेपाल खानेपानी संस्थानले संयुक्तरूपमा आपतकालीन पानी वितरण कार्य थालेका छन्। सहरका ३२ वटै वडामा खानेपानी आपूर्ति ठप्प भएपछि हजारौँ बासिन्दा पानीको एक घूँटको लागि संघर्षरत छन्। अहिले वीरगञ्जका विभिन्न स्थानहरूमा ट्यांकरमार्फत पानी पुर्याइँदैछ। पानी नपाएर बातल बोकेर लाइन बस्नुपरेको अवस्थाले वीरगञ्जको स्थिति विकराल रहेको देखिएको छ। वर्षौँदेखि समाधान नहुँदो समस्या अहिले विस्फोट स्थानीय बासिन्दाका अनुसार यो समस्या आजको होइन। वर्षौँदेखि पाइपलाइन, मोटर जडान, ढल व्यवस्थापन र पानीको स्रोत व्यवस्थापनको अभावले गर्दा समस्या जटिल बन्दै गएको





