श्रीमतीले जंगलमै मृत फेला पारिन्
हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्
Chiranjivi Bhandari
अदानचुली (हुम्ला), १८ साउन । हुम्लाको दुर्गम अदानचुली गाउँपालिका–३ माझखर्कस्थित एक जङ्गलमा बाख्रा चराउन गएका एक व्यक्तिको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ। मृतक ३६ वर्षीय नान बुढा शनिबार बिहान खर्कबाट बाख्रा लिएर पानीटोट्का जङ्गलतर्फ गएका थिए। तर साँझ अबेरसम्म पनि उनी फर्किएनन्। बुढाको लामो समयसम्म केही अत्तोपत्तो नपाएपछि उनकी श्रीमती उनीसहितको बाख्राको खोजीमा निस्किइन्। रातपख जब श्रीमती जङ्गलको गहिरो पाखातर्फ पुगिन्, साँझ १०० मिटर तल मृत अवस्थामा उनको शव भेटिइयो। परिवारका सदस्यहरूका अनुसार, बुढाको शव पानीटोट्का जङ्गलको भीरमा अड्किएको अवस्थामा थियो। खोजीमा सघाएकी बुहारी शान्ति बुमी (बुढा) ले घटनास्थलको






