“श्रीमानको न्यायका लागि अन्तिम साँससम्म लड्छु” — निकिता पौडेलको
“श्रीमानको न्यायका लागि अन्तिम साँससम्म लड्छु” — निकिता पौडेलको
Chiranjivi Bhandari
काठमाडौं, साउन २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि, उनकी पत्नी तथा चर्चित कलाकार निकिता पौडेलले आफ्नो दृढ संकल्प सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। निकिताले स्पष्ट शब्दमा भनेकी छन्, “म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु।” उनको यो अभिव्यक्ति केवल पारिवारिक भावनामा सीमित नभई न्याय र स्वतन्त्रताको पक्षमा उठेको बलियो आवाजका रूपमा लिइएको छ। समर्थकहरूले सामाजिक सञ्जालमा उनको साहस र दृढताप्रति प्रशंसा व्यक्त गर्दै






