सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
Chiranjivi Bhandari
काठमाडौं । सरकारले सामाजिक सञ्जाल सूचीकरण नभए बन्द गर्ने चेतावनीसहित दिएको अन्तिम समय बुधबार राति सकिँदा पनि नेपालमा सामाजिक सञ्जाल निर्वाध रूपमा चलिरहेका छन्। गत बिहीबार मन्त्रिपरिषद्को निर्णयअनुसार सात दिनभित्र सूचीकरणमा आउन सूचना दिइए पनि फेसबुक, इन्स्टाग्राम, ट्विटर (एक्स), लिङ्क्डइन, युट्युब, गुगल र जीमेललगायत कुनै पनि सञ्चालक कम्पनीले नेपालमा सूचीकरणका लागि निवेदन दिएका छैनन्। यसबीच बुधबार दिनभर सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये धेरैले “अन्तिम दिन, फेसबुक बन्द हुन सक्छ” भन्दै पोस्ट गरेका थिए। तर, राति १२ बजेसम्म पनि सञ्जाल बन्द भएनन्। सञ्चार मन्त्रालयका स्रोतका अनुसार सरकारले एकैपटक पूरै बन्द गर्ने निर्णय नगरी






