सांसद ज्ञानेन्द्र शाहीको कडा चेतावनी: “मापदण्ड विपरीत सडकमा बिल पास नगर्नु!”
सांसद ज्ञानेन्द्र शाहीको कडा चेतावनी: “मापदण्ड विपरीत सडकमा बिल पास नगर्नु!”
Chiranjivi Bhandari
जुम्ला, साउन ८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले जुम्लामा निर्माणाधीन कालोपत्रे सडकहरूको गुणस्तरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित कार्यालय प्रमुखलाई गुणस्तर नजाँचिकन बिल भुक्तानी नगर्न स्पष्ट चेतावनी दिएका छन्। उनले निर्माण कार्य मापदण्ड अनुसार नभएको पाइएमा ठेकेदार, बिल पास गर्ने अधिकारी र अन्य संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन्। स्थानीयलाई निगरानी गर्न अपिल सांसद शाहीले सडकको गुणस्तरमा स्थानीय नागरिकहरूको निगरानी महत्वपूर्ण हुने उल्लेख गर्दै, “जनताकै करबाट बनेको संरचना बिग्रन दिनु हुँदैन,” भन्दै जनतासँग समेत सडक निर्माणमा सक्रिय निगरानी गर्न अपिल गरे।






