साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो, बिहान ३ बजेदेखि खुल्यो मन्दिरको ढोका
Chiranjivi Bhandari
काठमाडौं, साउन १२ — आज साउन महिनाको दोस्रो सोमबार, भगवान् शिवको विशेष आराधना गरिने दिन। राजधानीको पशुपतिनाथ मन्दिरदेखि देशका प्रमुख शिवालयहरूमा बिहानैदेखि हजारौँ भक्तजनको भीड देखिएको छ। साउन महिनालाई शिवको महिना मानिने परम्पराअनुसार प्रत्येक सोमबार विशेष पूजा, व्रत र दर्शन गर्ने चलन रहिआएको छ। आजको दिनलाई अवसर मानेर पशुपतिनाथ मन्दिरको चारैवटा मूल गेट बिहान ३ बजे नै भक्तजनका लागि खोलिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। तीनवटा प्रवेश मार्गको व्यवस्था भीड व्यवस्थापन तथा श्रद्धालुहरूलाई सहजता प्रदान गर्न कोषले आज उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थान तीन स्थानबाट प्रवेश गरी दर्शन गर्न





