सुर्खेतका दुई किशोरी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला
सुर्खेतका दुई किशोरी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला
Chiranjivi Bhandari
भक्तपुर, साउन ८ गते – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित एक डेरामा बस्दै आएका सुर्खेतकी दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया श्रृजना कँडेल आज बिहान पौने ७ बजेतिर डेराको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरू चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा डेरा गरी बस्दै आएका थिए। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो र प्रारम्भिक अनुसन्धान थालिएको छ। प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ। अहिले शवलाई पोष्टमार्टमका लागि अस्पताल






