हजार वर्ष पुरानो मन्दिरको विवादले दुई देशबीच युद्धको संघार: कम्बोडियाले गुहार्यो राष्ट्रसंघ
हजार वर्ष पुरानो मन्दिरको विवादले दुई देशबीच युद्धको संघार: कम्बोडियाले गुहार्यो राष्ट्रसंघ,
Chiranjivi Bhandari
१० साउन २०८२, शनिबार – एशियाको दुई छिमेकी राष्ट्र थाइल्यान्ड र कम्बोडियाबीच हजार वर्ष पुरानो शिव मन्दिरको स्वामित्व विवाद फेरि पनि सैन्य झडपमा परिणत भएको छ। विगत लामो समयदेखि जारी कूटनीतिक तनाव हवाई आक्रमण र सशस्त्र झडपसम्म पुग्दा, दक्षिणपूर्वी एसियाली क्षेत्र फेरि अस्थिरताको चपेटामा तानिएको छ। विवाद चर्किँदै… गोली, हवाई आक्रमण र मार्शल ल घोषणा विहीबार कम्बोडियाले थाइल्यान्डको सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गरेको आरोपपछि, थाई सेनाले हवाई आक्रमण थालेको पुष्टि गरेको छ। यस क्रममा थाइल्यान्डतर्फ एक जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। अहिलेसम्म १५






