हाम्रो दुवा कबुल गर
खडेरीले सुक्खा बनेको वीरगन्जमा पानी माग्दै मुस्लिम समुदायको सामूहिक इबादत: ‘हे अल्लाह, हाम्रो दुवा कबुल गर, धर्ती जलिरहेकी छ!’
Chiranjivi Bhandari
वीरगन्ज, साउन ११ – मधेस प्रदेशमा लामो समयदेखि पानी नपरेर खेतीबाली सुक्न थालेको, चापाकल सुकेर पिउन पनि पानी नभएको संकट गहिरिँदै गर्दा वीरगन्जका मुस्लिम समुदायले शनिवार आकाश हेरेर आशा बाँध्दै, धर्तीको प्यास मेटोस् भनेर अल्लाहसँग सामूहिक इबादत गरेका छन्। वीरगन्ज महानगरपालिका–१७ स्थित अलौंको इदगाह मैदानमा करिब ४ सयजना मुस्लिम नागरिक भेला भई ‘इस्तिस्का’ नामको विशेष नमाज (पानीको लागि इबादत) पढ्दै वर्षाका लागि दुवा गरेका हुन्। स्थानीय मुस्लिम अगुवा आशिक अन्सारीका अनुसार ‘इस्तिस्का’ नमाज विशेषतः पानीको हाहाकार हुँदा सामूहिक रूपमा अल्लाहसँग वर्षाको लागि बिन्ती गर्न पढिन्छ। अन्सारीले भने, “हामीले अल्लाहसँग खुलेर





