‘०८४ पछि बन्ने सरकार एमाले–कांग्रेसकै हुने निश्चितता
‘०८४ पछि बन्ने सरकार एमाले–कांग्रेसकै हुने निश्चितता, टालाटुली बटुली गर्नेहरूको कुनै स्थान छैन’ – प्रधानमन्त्री ओलीको दाबी
Chiranjivi Bhandari
काठमाडौं, २७ श्रावण २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सरकार भनेको नेकपा (एमाले) वा नेपाली कांग्रेसबाट बन्ने निश्चितता व्यक्त गर्दै, साना दलहरूले टालाटुली बटुली गरेर सरकार बनाउन नसक्ने स्पष्ट पारेका छन्। भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार दुई ठूला ऐतिहासिक दलहरूको गठबन्धनले बनेको र पूर्ण रूपमा स्थिर रहेको बताए। उनले सरकार परिवर्तन हुने हल्लालाई बेवास्ता गर्न सबैलाई आग्रह गर्दै भने, “सरकार परिवर्तन हुन्छ भनेर धेरै कथा सुन्नुपर्छ? कान टट्टाइसक्यो। यो सरकार स्थिर छ, ढुक्क भएर काम गर्नुहोस्।” उनले थपे, “अब आउने सरकारका





