“११ वर्षीय ससाङ तामाङको अद्भुत सफलता : थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उपविजेता बनेर सिल्भर मेडल जित्दै नेपालको झण्डा फहराएका बाल प्रतिभा”
११ वर्षीय नेपाली खेलाडीको अन्तर्राष्ट्रिय चमक : थाइल्यान्डमा जिते सिल्भर मेडल, नेपालको गौरव बढाए ससाङ तामाङ
Chiranjivi Bhandari
मेलम्ची नगरपालिका–७ का बाल प्रतिभा ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप मा सिल्भर मेडल जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेका छन्। अभि तामाङ र लाक्पा दिकी शेर्पाका सुपुत्र ससाङ, न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमी का खेलाडी हुन्। छोटो उमेरमै उल्लेखनीय प्रगति हासिल गरेका उनले पाँचौं समूहको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेका हुन्। २८ मुलुकका करिब ३,८०० खेलाडीबीच भएको तीव्र प्रतिस्पर्धामा ११ वर्षीय ससाङले दमदार खेल प्रस्तुत गर्दै नेपाली झण्डा थाइल्यान्डमा फहराएका थिए। उनको यो उपलब्धि प्रशिक्षक मुना मगरको अथक मार्गदर्शन र मेहनतको फल भएको बताइएको छ। ससाङको





