१३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
Chiranjivi Bhandari
काठमाडौं — अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली ६.० म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ। तालिबानको गृह मन्त्रालयका अनुसार अहिलेसम्म कम्तीमा ६१० जनाले ज्यान गुमाएका छन् भने १,३०० भन्दा बढी घाइते भएका छन्। आइतबार राति ११:४७ बजे गएको भूकम्पको गहिराइ ८ किलोमिटर थियो। त्यसपछि लगातार तीन पटक परकम्पन आए, जसको तीव्रता ४.५ देखि ५.२ सम्म मापन गरिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो। तर सबैभन्दा ठूलो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जहाँ करिब ९० प्रतिशत भूभाग






