१६ करोडको कालोपत्रे एक सातामै भत्कियो! जनताको कर तिनै भ्रष्टलाई पुरस्कार?
१६ करोडको कालोपत्रे एक सातामै भत्कियो! जनताको कर तिनै भ्रष्टलाई पुरस्कार?
Chiranjivi Bhandari
कञ्चनपुर, पुनर्वास — देशका ठूला ठूला भाषण र “द्रुत विकास” का नाराबीच कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा निर्माण गरिएको सडक मात्रै एक सातामै भत्किएको छ। रातिराति रेनकोट ओढेर पानी परेका बेला कालोपत्रे गरिएको सडक अहिले गर्नासाथै पग्लिएको देखिन्छ। रकम? १६ करोड २५ लाख १७ हजार रुपैयाँ। यति धेरै रकम बिनासम्झौताका भ्रष्ट काममा “स्वाहा” गरिएको देखिन्छ। सडक विकास होइन, विनाशको नमूना बनेको छ। वर्षातमा भिज्दै, हतारिँदै रातारात “शो अफ” विकास गर्नेहरूको नियत प्रस्ट छ — जनता हेर्न नपाउन्, प्रश्न गर्न नपाउन् भन्ने मात्र हो उद्देश्य। तर सडकले आफैं विरोधको आवाज बुलन्द बनाएको





