२ करोड ७४ लाख धरौटी प्रस्ताव अस्वीकार
रवि लामिछानेलाई फेरि थुनामै पठाउने अदालतको आदेश
Chiranjivi Bhandari
रुपन्देही — सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले फेरि थुनामै राख्ने आदेश दिएको छ। सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीमार्फत छुट्ने प्रस्ताव ‘माग बमोजिम नहुने’ भन्दै अस्वीकार गरेको हो। लामिछानेले गत साउन १९ गते शुभचिन्तक र शुभेच्छुकबाट उक्त रकम प्राप्त भएको दाबी गर्दै थुनामुक्त हुन निवेदन दिएका थिए। तर अदालतले, यसअघि उच्च र सर्वोच्चले कायम राखेको थुनाको आदेश परिवर्तन गर्न अस्वीकार गर्दै, उनलाई जेलमै राख्ने फैसला सुनाएको हो। यो मुद्दामा





