३९ विधामा हुनेछ प्रतिस्पर्धा
“राष्ट्रिय ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड – २०८२” को मनोनयन घोषणा, ३९ विधामा हुनेछ प्रतिस्पर्धा
Chiranjivi Bhandari
काठमाडौं – ओप्सना फिल्म्स प्रा. लि.ले आयोजना गर्न लागेको “राष्ट्रिय ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड – २०८२” को दोस्रो संस्करणका लागि मनोनयन सूची सार्वजनिक गरेको छ। यस प्रतिष्ठित समारोहमा राष्ट्रिय, लोक, देउडा, आधुनिक, पप, चलचित्र गीत, टेलिभिजन धारावाहिक लगायत विभिन्न भाषाका गीतहरू समावेश हुनेछन्। कुल ३९ पुरस्कार विजेताहरुलाई कार्यक्रममा सम्मान गरिनेछ। ओप्सना फिल्म्सका अध्यक्ष तथा संगीतकार ओमप्रकाश राईका अनुसार, यो अवार्डमा साहित्य, संगीत, कला, खेलकुद, पत्रकारिता र समाजसेवामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई पनि विशेष सम्मान प्रदान गरिनेछ। कार्यक्रममा “लाइफटाइम अचिभमेन्ट अवार्ड” लामो समयदेखि संगीत तथा साहित्यमा समर्पित व्यक्तित्वलाई दिइनेछ भने





