७७ वटै जिल्लाबाट सहभागी हुने
युवा नेतृत्वका लागि रास्वपाको ‘फ्युचर लिडर्स समिट २०२५’ हुने, ७७ वटै जिल्लाबाट सहभागी हुने
Chiranjivi Bhandari
काठमाडौं, साउन १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले युवा सशक्तिकरण, नेतृत्व विकास र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी साउन २७ गते ‘फ्युचर लिडर्स समिट २०२५’ आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट १२) को अवसर पारेर आयोजना गरिँदै गरिएको यो भव्य कार्यक्रम काठमाडौंको कुपन्डोल हाइटस्थित म्याक्सिम्स इभेन्ट्स हलमा हुनेछ। रास्वपाको युवा तथा खेलकुद विभागद्वारा आयोजित यो समिट नेपालभरिका युवाहरूका लागि एक प्रेरणादायी मञ्च बन्ने अपेक्षा गरिएको छ। पार्टीका अनुसार ७७ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी चयन गरिएका युवाहरू समिटमा सहभागी हुनेछन्। समिटको मुख्य उद्देश्य: ‘फ्युचर लिडर्स समिट २०२५’ को






