“MFN-17 का बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई काठमाडौं महानगरपालिकाद्वारा २ लाख रूपैयाँसहित सम्मान — भारतको नोएडामा चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै जितेको उपाधि देशको गौरव”
MFN-17 का बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई काठमाडौं महानगरपालिकाद्वारा २ लाखसहित सम्मान
Chiranjivi Bhandari
काठमाडौं । Mixed Fight Night (MFN)–17 का बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई काठमाडौं महानगरपालिकाले विशेष सम्मान गरेको छ। नगरपालिकाले ढाँटलाई २ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गर्दै उनको उपलब्धिलाई देशको गौरवको रूपमा सराहना गरेको हो। ढाँटले हालै भारतको नोएडामा आयोजित MFN–17 मा चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै ऐतिहासिक उपाधि जितेका थिए। उत्कृष्ट प्रदर्शनसहितको जितले नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा भरेको भन्दै काठमाडौं महानगरपालिकाले उनलाई बधाई दिँदै आगामी दिनमा अझै उच्च स्तरको सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। सम्मान कार्यक्रममा महानगरका प्रमुख, खेलकुदप्रेमी र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। रवीन्द्र





