काठमाडौं २० साउन । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले धनुषाकी आरती साहको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । राजधानीको माइतीघरमा धर्नामा बसेका साहका परिवारसँगको भेटघाटका क्रममा शनिबार राउतले आरतीको हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
धनुषाकी २२ वर्षीय आरती साहको गत जेठ ७ गते दाइजो कारण हत्या भएको माइती पक्षको आरोप छ । हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै आरतीको माइती पक्ष र आफन्तले डेढ महिनादेखि माइतीघरमा धर्ना दिइरहेका छन् । पैसा र राजनैतिक पहुँचको आडमा सो हत्याकाण्डलाई ढाकछोप गर्ने षडयन्त्र भैरहेको पनि आरतीका माइती पक्षका परिवारको आरोप छ । घटनाबारे बयान लिने बहानामा आरतीको परिवार र माइती पक्ष बोलाएर प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमले कुटपिट गरेको आरतीको परिवारले जनाएको जनमत पार्टीले जनाए ।
प्रहरीले सो घटनाको मुद्दा दर्ता नगरेको र छानबिनलाई प्रभावित पार्दै आएको भन्दै प्रहरीलाई पनि छानबिनको दायरमा ल्याउन जनमत पार्टीले माग गरेको छ । पीडितहरूले डेढ महिनादेखि न्यायका लागि माइतीघर मण्डलामा धर्ना दिँदै आएको बताउँदै अध्यक्ष राउतले दोषीहरूलाई अविलम्ब कारबाहीको दायरमा ल्याउन माग गरे । साथै पीडित परिवारको संघर्षमा साथ र सहयोग रहने प्रतिवद्धता पनि उनले जनाए ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution