

काठमाण्डौ, १० मंगसिर । कैलालीस्थित धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भएको छ । बुधबार एमाले नेता महेश बस्नेत धनगढी गएको विरोधमा जेनजी युवाहरूले जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेपछि युवासंघका कार्यकर्ता र जेनजीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो । धकेलाधकेल हुँदा जेनजी समूहका सरिता जोशी घाइते भएको प्रहरीले जनाएको छ । धनगढीमा एमाले निकट युवा सङ्घको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी गएका हुन् । समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution