काठमाण्डौ, ६ पुष । चिनियाँ अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन गरिरहेका छन् । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अस्पताल अनुसन्धानको दायरामा आएको थियो ।
यो भिडियो क्लिप यही हप्ता सामाजिक सञ्जालमा आगो झैं फैलिएको थियो । यस भिडियोप्रति अनलाइनमा व्यापक आक्रोश देखियो । अस्पतालको माउ समूह एइअर चाइनाले ती सर्जनलाई निलम्बित गरिदिएको छ । अस्पतालको प्रमुख कार्यकारी अधिकारी (सीईओ)लाई पनि बर्खास्त गरेको छ । यो घटना सन् २०१९ को भएको बताइएको छ ।
आँखाको अपरेशन गर्दा सर्जनले बिरामीको टाउकोमा कम्तीमा तीन पटक मुक्का हानेको भिडियोमा देखिन्छ । एइअर चाइना आँखा अस्पतालको चेन सञ्चालन गर्छ । यो घटना दक्षिणपश्चिम चिनियाँ शहर कुईकाङको एउटा अस्पतालको हो । बिरामी ८२ वर्षीय महिला थिइन् ।
लोकल एनेस्थेसियाका कारण शल्यक्रिया भइरहँदा बिरामी चलिरहिन् । उनले आफ्नो टाउको चलमलाइन् अनि आँखा पनि धेरै पटक डुलाइन् । बिरामीलाई स्थानीय भाषा मात्रै बोल्न आउँथ्यो । डाक्टरले मन्दारिनमा दिएको चेतावनी उनले बुझिनन् । यस घटनामा बिरामीको निधारमा चोट लागेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
यो घटनापछि अस्पताल व्यवस्थापनले माफी माग्दै पीडितलाई ५०० येन क्षतिपूर्ति दिएको बताइएको छ । अहिले ती वृद्धाले बायाँ आँखाले केही पनि देख्दैन । उनको आँखा सोही घटनाका कारण अन्धो भएको हो कि होइन भन्ने चाँहि स्पष्ट छैन । यो घटनाबारे आफूले मुख्यालयमा जानकारी दिन नसकेको एइएर चाइनाले भनेको छ ।
बिहीबार कम्पनीले यो घटना घटेको अस्पतालका सीईओलाई बर्खास्त गरेर सर्जनलाई निलम्बित गरेको छ । ती डाक्टर अस्पतालको डिन समेत भएको बताइएको छ । घटना सन् २०१९ को डिसेम्बरको भएपनि यो हप्ता चीनका चर्चित डाक्टर एई फेनले सर्जरीको सीसीटीभी फुटेज शेयर गरेपछि भिडियो भाइरल भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution